विराटनगरसँग बदला दिँदै लुम्बिनीले जगायो ‘प्लेअफ’को आशा
काठमाडौँ । डि आर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको ६ अंक भएको छ। अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
