SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०३:५३ AM · 1 मिनेट पढाइ

‘विधि र प्रक्रिया मिच्ने काम नहोस्’ 

जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको तीन महिना हुनै लागेको छ । नयाँ सरकार बनेपछि प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम छ तर सुशीला कार्की नेतृत्वको सरकारले भने अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री कार्की सहित मन्त्रीहरूले शपथ लिएर कार्यभार सम्हालेको सय दिन हुनै लाग्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगर्नु सुशासनको द्योतक होइन ।