SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०४:४५ AM · 1 मिनेट पढाइ

रेसुङ्गामा साना उद्यमीलाई अवसर

 गुल्मी, १८ मङ्सिर । जिल्लाको रेसुङ्गा नगरपालिकामामा ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन हुने भएको छ । ग्रामीण लघु तथा साना उद्यमी र उद्यमहरूको सक्षमीकरण, स्तरीकरण र स्तरोन्नति गरी रोजगारी र आयस्तर वृद्धि गर्ने उद्देश्यले रेसुङ्गा नगरपालिका र दायित्व संस्थाको सहकार्यमा जिल्लामा पहिलो पटक उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।