SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०६:२३ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो

काठमाडौं, ५ साउन । नेपालमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ। आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर एक लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले र शुक्रबार २ सय रुपैयाँले बढेको थियो।