SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०६:१० AM · 1 मिनेट पढाइ

महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा

काठमान्डौ, १८ मंसिर । आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक महिला टोली घोषणा गरेको छ । क्यानले बिहीबार २७ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको हो । टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण शुरू गर्नेछ ।