SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०७:५९ AM · 1 मिनेट पढाइ

भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै

काठमान्डौ, १८ मंसिर । भारतको केन्द्रीय बैंकले नेपालमा ठूला भारतीय रुपैयाँ (भारु) नोट प्रयोगमाथि लगाएको प्रतिबन्ध हटाउँदै व्यवस्थालाई उल्लेखनीय रूपले सहज बनाएको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले ‘विदेशी मुद्रा प्रबन्ध ९करेन्सी निर्यात तथा आयात० संशोधित विनियमावली–२०२५’ जारी गर्दै नेरु–भारु आवागमनसम्बन्धी पूर्व व्यवस्था परिमार्जन गरेको हो ।