SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

काठमाडौं । काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । यसअघि सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ ।