SHARE
बुटवल टुडे · बिहीबार १८ मंिर २०८२ १०:०४ AM · 1 मिनेट पढाइ

घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

काठमान्डौ, १८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गराउने उद्देश्यका लागि सरकार सम्पूर्ण रूपमा सक्रिय रहेको बताएकी छन् । बिहीबार आयोजित २२औं राष्ट्रिय ज्यापु दिवसमा सम्बोधन गर्दै उनले भने, “सरकारले आउँदो २१ फागुनमा आमनिर्वाचन सम्पन्न गराएर युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनु हाम्रो दायित्व हो ।