SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, हात्ती छेकबार पर्खाल निर्माण

बर्दिया, ४ साउन । बर्दियाको ठाकुरबाबा नगरपालिकाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि हात्ती छेकबार पर्खाल निर्माणलाई प्राथमिकता दिएको छ । हात्ती लगायत अन्य वन्यजन्तुले स्थानीयको बाली लगायत घरपालुवा जनावरहरुलाई क्षति पुर्याइरहेकोले छेकबार पर्खाललाई निर्माणमा प्राथामिकता दिएको हो । ठाकुरबाबा नगरपालिकाले हात्ती छेकबार पर्खाल निर्माण गरेर क्षति कम गर्न प्रयास भैइरहेको छ ।