SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०५:०३ AM · 1 मिनेट पढाइ

उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि

काठमान्डौ, १९ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिका लागि दुई पटक विज्ञापन निकाल्दा पनि कुनै आवेदन नपरेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार विश्वविद्यालयले लगातार दुईपटक उपकुलपति पदका लागि आवेदन मागे पनि एकजनाले समेत निवेदन नदिएपछि सरकार निराश बनेको छ ।