SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०७:२५ AM · 1 मिनेट पढाइ

२६ वटा राजनीतिक दलले चुनाव नलड्ने

काठमान्डौ, १९ मंसिर । निर्वाचन आयोगमा दर्ता भएका १४३ राजनीतिक दलमध्ये २६ दलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । यसमध्ये दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । आयोगका अनुसार ११७ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन पेस गरेका छन् ।