SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०७:३५ AM · 1 मिनेट पढाइ

क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

काठमान्डौ, १९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीका मोबाइल, ल्यापटप लगायतका उपकरण ‘ग्याजेट’ बरामद गरी अनुसन्धान सुरु गरेको छ । उच्च स्रोतका अनुसार, बुधबार बिहान अख्तियारको टोली अधिकारीको निवासमै पुगेको थियो र उनलाई पक्राउ गर्दै फोन, ल्यापटप र अन्य उपकरण नियन्त्रणमा लिएको थियो ।