SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०८:२३ AM · 1 मिनेट पढाइ

च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल

काठमान्डौ, १९ मंसिर । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ । आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि व्यक्त गर्दै शुक्रबार दिउँसो केन्द्रीय कार्यालय पुगेका थिए । उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्नो असन्तोष राखेका थिए ।