SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०८:४८ AM · 1 मिनेट पढाइ

मानव सेवा आश्रम भवन शिलन्यास

सुर्खेत, १९ मंसिर । मानव सेवा आश्रम सुर्खेतको भवनको शुक्रवार शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र आश्रम विकास समितिको सहभागितामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकारबाट निर्माण हुने उक्त भवनको लागत अनुमान दुई करोड ५० लाख रहेको छ ।