SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरूसिङ्गे–चन्द्रौटा सडक ४ लेनमा विस्तार हुँदै गर्दा तिनाउ नदीमा बन्ने सिग्नेचर पुलका लागि बोलपत्र (टेन्डर) आह्वान गरिएको छ। हाल रहेको ‘तिनाउ पुल’ जीर्ण बन्दै गएको र सवारीचाप अत्यधिक बढिरहेको कारण नयाँ पुल निर्माणका लागि शुक्रबारबाट टेन्डर प्रक्रिया सुरु भएको हो।