अमरराज मिश्रले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन्। मिश्रले अघिल्लो साता नै राजीनामा दिएको स्रोतले जनाए पनि राष्ट्रपति कार्यालयले त्यसबारे औपचारिक सूचना सार्वजनिक गरेको छैन। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्।संविधानअनुसार संवैधानिक पदाधिकारीले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद स्वतः रिक्त हुने व्यवस्था छ।
