SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

बुटवल, १९ मंसिर । नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशको आयोजना तथा सुनगाभा पब्लिक सेकेण्डरी स्कूलको आतिथ्यतामा तेस्रो प्रदेशस्तरीय दुई दिने जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रबारदेखि रुपन्देहीको सैनामैनामा सुरु भएको छ । गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले गरेका हुन् ।