SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

दाङमा फरार १२ जना प्रतिवादी पक्राउ

दाङ,१९ मङ्सिर । दाङमा १२ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विभिन्न समयमा १२ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । प्रहरीले फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा मंसिर १४ गतेदेखि १९ गतेसम्म १२ जनालाई पक्राउ गरेको हो ।