SHARE
बुटवल टुडे · शुक्रबार​ १९ मंिर २०८२ ०४:०६ PM · 1 मिनेट पढाइ

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल, १९ मंसिर । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद प्रतियोगिताको उपाधि देवदहको बुद्ध पब्लिक इङलिस माध्यमिक विद्यालयले जितेको छ । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयको आयोजनामा भएको प्रतियोगितामा तीन दर्जन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पछि पार्दै बुद्ध पब्लिककी विद्यार्थी अनुस्का भण्डारीले अन्तरविद्यालय वादविवादको उपाधि जितेकी हुन् ।