SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०८:३० AM · 1 मिनेट पढाइ

रास्वपाको विवरण अद्यावधिकमा ढिलाइ: आयोगको भूमिकामाथि प्रश्न

काठमाडौं, ४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिकको प्रक्रिया नियमित रूपमा भइरहे पनि आयोगको ढिलाइप्रति असन्तुष्टि जनाएको छ। आइतबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी नेतृत्वको टोली आयोगमा पुगेको थियो। महामन्त्री बुर्लाकोटीले पार्टीको पदाधिकारी हेरफेर लगायतका सबै विवरण आयोगमा समयमै बुझाइसकेको भए पनि अद्यावधिक प्रक्रियामा आयोगबाट ढिलाइ भएको आशंका व्यक्त गरे।