SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०९:१८ AM · 1 मिनेट पढाइ

नेपाली एकता र पहिचानको जगेर्नामा संस्कृति र कलाको भूमिका महत्वपूर्ण :सभामुख घिमिरे

 काठमाडौं, ४ साउन । सभामुख देवराज घिमिरेले संसारभर फैलिएका नेपालीलाई एकताबद्ध गर्न संस्कृति र कलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। आइतबार संसद् भवनमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रममा सहभागी भई विभिन्न देशबाट आएका कलाकारहरूसँगको भेटमा उनले यस्तो धारणा राखे। सभामुख घिमिरेले नेपालीपनको जगेर्नामा यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक पहलले ठूलो योगदान पु‍र्याएको बताए।