नेपाल क्रिकेट संघलाई लगातार दोस्रोपटक डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड लगातार दोस्रोपटक जित्न सफल भएको छ। आईसीसीको वार्षिक कन्फरेन्समा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गरेका हुन्। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपाल एसियाली क्षेत्रको विजेता हुँदै ग्लोबल फाइनलमा पुगेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
