SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

सेयर बजारमा भारी उतारचढाव, ११ महिनयताकै उच्च कारोबार

काठमाडौं, ४ साउन । साताको पहिलो दिन आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। कारोबारको क्रममा नेप्से ५२ अंकले उचालिएर २९२२ अंकसम्म पुगे पनि बिक्री चाप बढेपछि अन्ततः अघिल्लो दिनकै २८७० अंकमा फर्किएर बन्द भयो। तर अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा सूचक २.८७ अंक घटेर २८६७ मा झरेको थियो।