SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ १०:११ AM · 1 मिनेट पढाइ

संघीय निजामती विधेयकमा ४३ सांसदले संशोधन दर्ता

 काठमाडौं, ४ साउन। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रिय सभामा रहेको विधेयकमा कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी विवाद चुलिएपछि संसदीय तहमै संशोधनको माग बढेको हो। विधेयक पारित हुँदा राज्य व्यवस्था तथा सुशासन समितिले दिएको सिफारिसभन्दा फरक प्रावधान राखिएको पाइएको थियो।