रूपन्देही–३ उपनिर्वाचन : निर्वाचन आयोगले सार्वजनिक गर्यो कार्यतालिका
रूपन्देही, ४ साउन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३, रूपन्देहीमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ ५ देखि ७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशित गरिनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
