जङ्गलमा सडेको अवस्थामा शव भेटियो, प्रहरीले अनुसन्धान गर्दै
चन्द्रौटा, ४ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ मा एक पुरुषको शव फेला परेको छ । जोरमहुवा सामुदायिक वन क्षेत्र अन्तर्गत पर्ने गंगटे खोला नजिकै शनिबार शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले शव निकै बिग्रिएको अवस्थामा फेला परेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
