SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

ओलीसँग वार्तापछि विद्या : राजनीतिक संवाद भयो, सदस्यता पहिल्यै नवीकरण भएको छ

काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक संवाद भएको बताएकी छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनीहरूबिच दुई घण्टा ‘वान टु वान’  भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै भण्डारीले यस्तो बताएकी हुन् ।