SHARE
बुटवल टुडे · आइबार​ ४ साउन २०८२ ०२:२७ PM · 1 मिनेट पढाइ

बुटवल हस्पिटल प्रालिमा लेजर प्रविधिबाट पायल्सको उपचार सुरु

बुटवल । बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताए । लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ ।