SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०१:४३ AM · 1 मिनेट पढाइ

सडक मर्मत गर्दै विप्लव माओवादी 

रोल्पा, १५ मङ्सिर । रोल्पा सदरमुकाम लिवाङमा विप्लव नेतृत्वको नेकपा माओवादीले भत्किएका सडक मर्मत गरेको छ । नेकपा माओवादी रोल्पा नगर समितिको आयोजनामा भत्किएका सडक मर्मत गरिएको हो । पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले सदरमुकाम स्थित रोल्पा नगरपालिका वडा नं. २ र ४ मा भत्किएका सडक मर्मत गरेका हुन ।