SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०३:०३ AM · 1 मिनेट पढाइ

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।