SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०५:३५ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमान्डौ, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । महाधिवेशनको विषयमा देखिएको विवादका कारण बैठक पछिल्ला दिनहरूमा पटक–पटक सारिँदै आएको छ । आइतबार दिउँसो बस्ने भनिएको बैठक पनि स्थगित भएर सोमबारका लागि सारिएको हो ।