SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०५:५५ AM · 1 मिनेट पढाइ

नेपाल राष्ट्र बैंकद्वारा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, नीतिगत दर घट्यो

काठमान्डौ, १५ मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा बुधबार सार्वजनिक गरेको छ । समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो मौद्रिक दिशा अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाउने र व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा विस्तार गर्ने निर्णय गरेको छ ।