SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०९:२० AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

काठमान्डौ, १५ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा पुस अन्तिम साता पार्टीको १५औँ महाधिवेशन सञ्चालन गर्नको लागि कार्यतालिका पेस गर्ने तयारी गरिएको छ । पार्टी नेताहरूका अनुसार, प्रस्तुत कार्यतालिकामा सबैको सहमति रहेको छ ।