SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

कमरेड ओली चुनाव बिथोल्नेतिर नलाग्नुस् : घनश्याम भुसाल

काठमान्डौ, १५ मंसिर । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले फागुन २१ मा हुने चुनावमा कसैले पनि अवरोध सिर्जना गर्न नहुने बताएका छन् । सोमबार पार्टी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भुसालले मुलुकको राजनीतिक निकास निर्वाचनमार्फत मात्र सम्भव हुने भएकोले सरकारसँग पनि तोकिएको मितिमा चुनाव सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताए ।