SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ १०:३९ AM · 1 मिनेट पढाइ

कांग्रेस कार्यसमितिको म्याद २ महिना थप

 काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ ।