SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

बुद्धभूमिमा सामुदायिक दूरदृष्टि कार्यक्रम सम्पन्न

बुद्धभूमि । दिगो शान्ति, विकास र समृद्धिको साझा परिकल्पनालाई अघि बढाउने उद्देश्यसहित बुद्धभूमि–२ मा आयोजित सामुदायिक दूरदृष्टि कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नगर युवा परिषद्, उद्योग वाणिज्य संघ, मेलमिलापकर्ता, संवाद सहजकर्ता तथा विभिन्न क्षेत्रका सरोकारवालासहित ५२ जना सहभागी भए।