SHARE
बुटवल टुडे · सोमबार १५ मंिर २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशको वित्तीय प्रगति : लक्ष्यअनुसार उपलब्धि कमजोर

बुटवल, १५ मंसिर । लुम्बिनी प्रदेश सरकारले पछिल्ला तीन आर्थिक वर्षमा आन्तरिक आम्दानी वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १२ करोड ८६ लाख राजस्व संकलन भएको प्रदेशले २०८१/८२ मा ५ अर्ब ६४ करोड ५९ लाख जुटाउन सफल भयो ।