SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०६:५२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय परिचयपत्र सम्बन्धी काम आंशिक अवरुद्ध

काठमाण्डौ – राष्ट्रिय परिचयपत्र सम्बन्धीको सेवा आंशिक रूपमा अवरुद्ध भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना निकालेर राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको हो । विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार भइरहेकोले सेवा आशिंक रूपमा अवरुद्ध भएको हो ।