कोरोना संक्रमणबाट एक वृद्ध महिलाको मृत्यु
पोखरा, ५ साउन । पोखरामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण एक ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काका अनुसार ती महिला करिब आठ दिनअघि कोरोना पोजिटिभ देखिएकी थिइन् र उपचारकै क्रममा हिजो उनको मृत्यु भएको हो। उनी पोखरास्थित चरक अस्पतालमा भर्ना भएकी थिइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
