SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

राज्यको माइन्डसेट परिवर्तन नगरी समृद्धि सम्भव छैन : प्रचण्ड

 काठमाडौं, ५ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न राज्यले आफ्नो सोच र नीति निर्माणको शैलीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ का नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार खुमलटारस्थित आफ्नै निवासमा भएको भेटमा उनले निजी क्षेत्रको भूमिकालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।