SHARE
बुटवल टुडे · सोमबार ५ साउन २०८२ ०९:१५ AM · 1 मिनेट पढाइ

रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनियाँ प्रतिबद्धता

काठमाडौँ, ५ साउन । रसुवा जिल्लामा बाढीले पुर्‍याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र  चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबिच भेटवार्तामा सो प्रतिबद्धता व्यक्त भएको हो ।