सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौँ । सेयर बजारसँग जोडिएका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, अग्रवालविरुद्ध आपराधिक लाभ र ठगीसम्बन्धी आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यसैअनुसार, अदालतबाट पक्राउको अनुमति लिएर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
