SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०५:४६ AM · 1 मिनेट पढाइ

श्रीलंकामा भारी वर्षाका कारण ५६ जनाको मृत्यु

काठमान्डौ, १२ मंसिर । श्रीलंकामा यो हप्ताको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो विनाश मच्चाएको छ । हालसम्म कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । विशेषज्ञहरूले यसलाई हालका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपमध्ये एक भनेका छन् ।