SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०७:१७ AM · 1 मिनेट पढाइ

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

काठमान्डौ, १२ मंसिर । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन), ब्याच नं. सीटी २७२३ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको हो ।