SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

इमरान खानका छोराले मागे बुवाको जीवित रहेको प्रमाण

काठमाडौँ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन् । यसैबीच उनका छोरा कासिम खानले आफ्ना बुबा जीवित रहेको प्रमाण दिन पाकिस्तान सरकारसँग माग गरेका छन् । कासिमले बिहीबार साँझ एक्समा लेखेका छन्, ‘मेरो बुबा ८४५ दिनदेखि जेलमा हुनुहुन्छ । पछिल्लो ६ हप्तादेखि उहाँलाई डेथ सेलमा एक्लै राखिएको छ ।