SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ गते

काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी, काठमाडौँमा घोषणासभा आयोजना हुने जानकारी गराइएको छ । पार्टी घोषणा कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङ रहनेछन् ।