SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ ०९:१४ AM · 1 मिनेट पढाइ

चुनावमा एक थोपा रगत नबग्नेगरी खटिनुस् : प्रधानमन्त्री कार्की

 काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् । नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् ।