SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ १०:१० AM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापन समूहका युवा–विद्यार्थी : नियमित महाधिवेशनको विकल्प छैन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका युवा–विद्यार्थीहरूले पार्टीलाई एकताबद्ध गरेर अघि बढाउन नियमित महाधिवेशनको विकल्प नभएको बताएका छन् । नियमित महाधिवेशनका लागि दबाब दिन शुक्रबार काठमाडौँमा भेला आयोजना गर्दै उनीहरूले विशेष महाधिवेशनले पार्टीलाई झन् समस्यामा पुर्‍याउने भन्दै नियमित महाधिवेशनबाट मात्रै पार्टीको अस्तित्व सुरक्षित हुने बताएका हुन् ।