SHARE
बुटवल टुडे · शुक्रबार​ १२ मंिर २०८२ १०:३० AM · 1 मिनेट पढाइ

प्रहरीमा ७ एसएसपी दरबन्दी खाली

 काठमाडौं, १२ मंसिर । नेपाल प्रहरीमा सात प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी रिक्त भएको छ । केही समयअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त एसएसपीको संख्या सात पुगेको हो । रिक्त एआईजी र डीआईजीमा बढुवा गरेसँगै अब एसएसपी बढुवाको तयारी सुरु गरिएको छ ।