SHARE
बुटवल टुडे · शनिबार १३ मंिर २०८२ १२:५१ AM · 1 मिनेट पढाइ

चुच्चे नक्सासहितको नेपाली नोट बजारमा आएपछि भारतीय मिडियामा सनसनी

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबारदेखि चुच्चे नक्सा भएको एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले चुच्चे नक्सासहितको नेपाली नोट बजारमा ल्याएपछि भारतीय मिडियाहरुमा विवादित नक्सा छापिएको समाचार प्रकाशित भएको छ । अधिकांश भारतीय मिडियाहरुले भारतका तीन इलाकालाई नेपालको बताएको उल्लेख गर्दै समाचार सम्प्रेषण गरेका छन् ।